गाँजा,अफिम जस्तो देखिने पदार्थ सहित दुई पक्राउ

साझेदारी दैनिक
290 पाठक संख्या

अम्लेखगंज : प्रहरीले बुधबार बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकबाट अबैध लागु औषध अफिम जस्तो देखिने पदार्थ र गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक धादिङ गजुरी गाउँपालिका वडा नम्बर ३ नाङगी टोल वस्ने २९ वर्षीय सुनबहादुर थिङ र मोटरसाईकल पछाडी सवार बारा निजगढ नगरपालिका वडा नम्बर १३ डमरपुर वस्ने २२ वर्षीय संजय मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकास सापकोटाले जानकारी दिएका छन्।

उनीहरुको साथबाट अबैध लागु औषध अफिम जस्तो पदार्थ ४ किलो र अबैध लागु औषध गाँजा ७ किलो २० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो।

हेटौडाबाट वीरगंज तर्फ जादै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ले गार्डमा प्लाष्टिकको झोलामा झुण्ड्याई र सिट मुनी लुकाई छिपाई राखेको लागू औषध अफिम जस्तो पदार्थ तथा मोक्तानले बोकेको झोला भित्र बाट लागू औषध गाँजा, नगद रू. बिस हजार समेत वरामद गरेको छ।

बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds