कोरोनाका कारण बीरगजमा थप दुई जनाको मृत्यु

साझेदारी दैनिक
साझेदारी दैनिक 350 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
कोरोनाका कारण बीरगजमा थप दुई जनाको मृत्यु भएको छ । दुवै जनाको रिपोर्टमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु दुबैजनामा मृत्यु पश्चात नै कोरोना संक्रमण देखिएको हो ।

बीरगञ्ज महानगरपालिका १० आदर्शनगर टोलका ५७ बर्षका एक ब्यावसायीको बिहीबार बिहान अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो । उनको उपचारको क्रममा अस्पतालमै बिहीबार बिहान मृत्यु भएको अस्पतालका को ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले बताए ।

मधुमेहका समेत समस्याले ग्रसित रहेका ती ब्यापारीलाई श्वास प्रशवासमा समेत समस्या देखिएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।उनको उपचारको क्रममै ज्यान गएपछि स्वाब सँकलन गरि नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गत मंगलबार आफनै घरमा मृत्यु भएका बीरगञ्ज ११ का ७९ बर्षका बृद्धमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मृतक बृद्धको स्वाब संकलन गरि नारायणी अस्पतालमा गरिएको परिक्षणमा उनमा समेत कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार राति आएको हो ।

दुबै जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयलयले शुक्रबार आफनो नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review