नेपाली कांग्रेस बाराले आईतवार भातृ संगठन तथा शुवेच्छुक संस्थाहरूसंग अन्तरक्रिया तथा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला कार्यसमिति विस्तारित बैठक तथा आन्तरिक विषेश अभियान सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम ३० गते सम्म हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार आन्तरिक विषेश अभियान अन्तरगत कलैया स्थित पार्टी कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री बल बहादुर केसी रहनु भएका थियो ।
आन्तरिक विशेष अभियान संचालनका लागि पुर्वमन्त्री केसीलाई बारा जिल्लाको ईन्चार्जको रुपमा जिम्मेवारी दिएको थियो । सो अवसरमा पार्टीको जिल्लामा वर्तमान अवस्था,सम्पन्न स्थानीय तह निर्वाचन र आम निर्वाचन सन्र्दभ तथा पार्टीका कमीकजोरी र आवश्य सल्लाह,सुझाव समेत संकलन गरिएको थियो ।
अन्तरक्रिया तथा छलफलमा नेपाली कांग्रेस बाराका विभिन्न भातृ संगठन तथा शुवेच्छुक संस्थाहरू संग आ–आफ्नो भातृ संगठनलाई बलियो बनाउने तथा भातृ संगठनलाई सुदृढीकरण गराउन जनतामाझ गाउँ गाउँ पस्ने ट्रेड युनियनले श्रमिक कल कारखानामा संगठन बलियो बनाउने,तरुण दल गाउँ गाउँमा गएर नेपाली कांग्रेस पार्टीको प्रचारप्रसार गर्ने,नेपाल विद्यार्थी संघ बाराले आ आफ्नो पालिका स्तरीय विद्यार्थी संजाल गठन गर्ने लगायतका विषययमा छफलफल गरिएको थियो ।
यस्तै महिला संघले महिलाहरु प्रति आई परेका समस्यालाई अगाडि सार्ने र समाधान गर्ने र भातृ तथा शुवेच्छुक संस्थाहरुले आउने २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने आ आफ्नो ठाँउबाट सक्रिय भुमिका निर्वाह गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री बल बहादुर केसीले निर्देशन दिनु भएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका प्रतिनिधि राजेश गिरी,क्षेत्रीय सभापति राम प्रवेश यादव,बाराको क्षेत्र नम्बर ४ ख का सभापति लोकेश सिंह,तरुण दलका केन्द्रीय सदस्य राजकिशोर साह,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,महिला संघ बाराका अध्यक्ष कलावती पासवान,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राज किशोर सहनी,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजाल,प्रेस युनियनका प्रदेश सचिव सन्तोष पाण्डे,नेपाल प्रजातान्त्रिक सेनानी संघका प्रतिनिधि हरि थपलिया,नेपाल विधार्थी संघ बाराका केन्द्रिय सदस्यहरु,दलित संघ बाराका प्रतिनिधि हरि पासवान,ट्रेड युनियनका केन्द्रिय सदस्य माधव उपाध्याय,ट्रेड युनियन संघ बाराका प्रतिनिधि रामअधार यादव,नेपाल ब्यूटीशियन संघ बाराका अध्यक्ष शोभा सर्राफ,अपाङ्ग संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्ले र नेपाल शिक्षक संघका केन्द्रीय सदस्य नरेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रबि साहले गरेका थिए ।

