जीतपुरसिमरामा अति विपन्न मुसहर जातिलाई घर र नगद हस्तान्तरण

रञ्जन यादव
423 पाठक संख्या

रञ्जन यादब/

जीतपुरसिमरा उपमहानगरपालिकाको नागौलका अति विपन्न मुसहर (धाँगर) जातिलाई २० वटा पक्कि घर र नगद १० हजार हस्तान्तरण गरिएको छ ।

७ कठ्ठा १२ धुरमा निर्मित २० वटा भवनहरु(ब्लकहरु) प्रभु शमसेर ज.ब.रा.तथा राजी राणा परोपकार निजी गुठीका संस्थापक संरक्षक तथा अध्यक्ष राजी राणाले भवनको साँचो अति बिपन्न मुसहर समुदायका ब्यक्तिहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

मुसहर समुदायका ब्यक्तिहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ नगौलमा निःशुल्क आवासको व्यवस्थापन प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले गर्दिएको हो ।

बर्षा ,हावा पानी र हिउदामा जाडोले पिरोलिएका मुसहर जातीहरु घर पाएपछि निकै खुसी देखिएका थिए । प्रत्येक घर करिब २५ लाखको लागतमा वडाको पहलमा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष कैमुदीन अन्सारीले बताए ।

प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले मधेश प्रदेशमा अति बिपन्न रहेका दलितहरुको लागि अझै घर निर्माणको प्रक्रिया अगाडी बढाएको समेत जनाएको छ ।

प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले पहिला देखी नै नेपालको अति बिपन्न दलित समुदायको घर निर्माण देखि लिएर मठ मन्दिर निर्माण जस्ता सामाजिक कार्य गर्दै आईरहेको छ ।

 

Leave a review

This will close in 0 seconds