कलैया अस्पताल चाँडै शुरु हुने–नगर प्रमुख यादव

साझेदारी दैनिक
साझेदारी दैनिक 842 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह ,/
कलैया अस्पताललाई आज सेनिटाइज गरिएको छ। कलैया अस्पतालमा रहेका सबै संक्रमितहरुलाई गङ्गापुर स्थित शैक्षिक तालिम केन्द्रमा सारिएपछि आज नै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको उपस्थितिमा कलैया अस्पताललाई सेनिटाईजिङ्ग गरिएको हो ।

कलैया अस्पताललाई जिल्लामा नै एक मात्र सरकारी अस्पताल रहेको तथा यसमा जिल्ला भरिका गरिब , असहायहरुको उपचार हुँदै आइरहेको हुनाले त्यहाँबाट सार्नको लागि पनि केहि दिनदेखि चौतर्फी विरोध भैरहेको बेला यस्तो कार्यबाट स्थानियहरु खुसि भएका छन।

यता कलैया अस्पताल सेनिटाइज भएसंगै अब कलैया अस्पतालमा चाँडै ओपिडी सेवा सन्चालन हुने जानकारी अस्पताल प्रशासनले जानकारी गराएको छ ।

उता नगर प्रमुख यादवले अस्पताललाई पुर्ण रुपले सेनिटाईज गरि अस्पतालमा सक्दो चाँडो पुन जेनरल सेवा, खोप सेवा लगायतका सेवाहरु छिटो भन्दा छिटो संचालन गर्न निर्देशन पनि दिएका छन।

समाचार शेयर गर्नुहोस
Leave a review