बारामा आईतवार मोटरसाईकल दुर्घटनमा परि एक युवकको मृत्यु भएको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ अमरपटी र लंगडाचोकको बिचमा रहेको डोरा खोलामा एक जना पुरुषको दुर्घटनमा परि मृत अवस्थामा भेटेका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा राती ना ३४ प ३४०० नम्बरको मोटरसाईकल तीब्र गतिमा रहेको हुदा पुलबाट खसेर मृत्यू भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रहरीले घटनाबारे अनुसंनधान थालेको छ । मृतक पुरुषको पहिचान भने हुन नसकेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन ।
मोटरसाईकल पुर्ण रुपमा क्षतिग्रस भएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा ल्याएको छ । सोही ठाँउमा एक बर्ष भित्रमा ४ जनाको ज्यान गईसकेको छ । सडक र पुलको सतह मिल्दो जुल्दा भएको हुदा दुर्घटना हुने गरेको स्थानियहरुको भनाई रहेको छ ।
हुलाकी सडकखण्डमा रहेको सो पुल जिर्ण भएपनि सरोकारवालाहरुको ध्यान जान नसक्दा मान्छेको मृत्यू हुने गरेको बारा नागरिक समाजको अध्यक्ष उमेशलाल दासले बताएका छन ।