पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाली सेना र तस्करबीच निकुञ्जमा भुठभेड हुदा गोली चलेको हो थियो । मृतकको नाम खुल्न सकेको छैन् ।
गस्तीमा रहेको सेनाको टोली र तस्करको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ ।
निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरु समूह बनाएर बस्ने गरेका छन् । वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ ।
गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ । सेनाले गोली चलाएपछि अन्य फरार भएका छन् ।
निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताएका छन । ‘घटना भएको हो, अहिले अरु विवरण आउँन बाँकी छ’ भगतले भन्नु भो ‘हामीले त्यसैमा लागिरहेका छौं, सूचना अधिकारी भगतले बताए ।

