विद्युतीय माध्यमबाट बोलपत्र आहवान् गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादव
292 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतीय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार एक सय रुपैया बचत गरेको छ ।

चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको विशेष निर्देशनमा ४३ वटा विभिन्न शिर्षकमा बोलपत्र आहवान् गरिएको हो ।

उपमहानगरपालिकाले ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान् गरेको थियो ।

जसमा ठेकेदार कम्पनीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयाँमा उक्त योजनाको ठेक्का कबोल गरेका थिए ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ । त्यस्तै उपमहानगरपालिकाले बिभिन्न ८ वटा शिर्षकमा १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाको बोलपत्र आहवान् गरेकोमा ठेकेदार कम्पनीले एक करोड एक लाख ४७ हजार ९ सय ५८ रुपैयाँमा घटेर कबोल गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बिद्युतीय माध्यमबाट बोलपत्र आवहान् गर्दा पेशागत निपुण निर्माण व्यवसायहरुलाई काम पाएको र पैसा चलायमान भएको सूचना प्रबिधि शाखा प्रमुख ई. संघर्ष बिडारीले जानकारी दिए ।

यसले रोजगारी श्रृजना गरेको र सरकारलाई कर समेत प्राप्त भएको उनले बताए । ठेक्का मार्फत काम हुदा कामको गुणस्तर राम्रो हुने र त्यस्ता कामहरुको मर्मत सम्भारको जिम्मा पनी सम्बन्धित निर्माण कम्पनीलाई नै रहने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

जसले दीर्घकालिन रुपमा यस्को प्रभाव राम्रो हुने र उपमहानगरपालिकाको भौतिक विकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् ।

Leave a review