कोल्हवीमा दोस्रो सुबास स्मृति भलिबल प्रतियोगिता हुने

साझेदारी दैनिक
479 पाठक संख्या

धिरेन्द्र पुनहर/

बाराको कोल्हवी नगरपालिका वडा नं.३ जुअवामा दोस्रो सुबास स्मृति भलिबल प्रतियोगिता हुने भएको छ ।

श्री गोपाल प्रगतिशील क्ल्बले दोस्रो सुबास स्मृति भलिबल नकाआउट प्रतियोगिताको बिस्तृत जानकारीको शनिबार पत्रकार सम्मेलन गरी आयोजकले दिएको छ ।

क्लबका अध्यक्ष जयमङल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका उप प्रमुख लक्ष्मी कुमारी चौधरी रहनु भएकी थिइन् ।

प्रतियोगिता अवधिभर अनुमानित चार लाख ४५ हजार खर्च लाग्ने आयोजक क्लबका अध्यक्ष जयमंगल चौधरीले जानकारी दिए ।प्रतियोगिता कार्तिक ४ गते देखि सुरु भइ ८ गते समापन हुने छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बारा जिल्ला भलिबल संघका अध्यक्ष खुशी चौधरी,पुर्वभलिबल खेलाडी एवम् समाजसेवि अमृत जि आर ,वडा सदस्य सुर्य ज्योति चौधरी,समाजसेवी बन्क चौधरी,मोहन चौधरी,सुगिन्द्र चौधरी, सञ्चारकर्मी धिरेन्द्र पनुहर , जितेन्द्र चौधरी, अशेस ढुंगान र जियालाल चौधरी लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds