हत्याको विरोधमा यूवाहरुद्वारा टायर बालेर विरोध प्रदर्शन

संदिप प्रसाद यादव
530 पाठक संख्या

बाल एकता बोर्डिङ स्कूलका प्रिन्सिपल रुपेश सर्राफको हत्या पछी कलैयामा सर्वदलीय यूवा संगठनले टायर बालेर विरोध प्रर्दशन गरेको छ । प्रहरीको विरुद्ध भरत चौकमा यूवाहरुले सोमबार साँझ विरोध प्रदर्शन गरेका हुन् । बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारमाथि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदर्शाको बिच रोडमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । मुख्य चौकमा सडक अवरुद्ध तथा कोणसभा समेत यूवाहरुले गरेका थिए ।
एसपीलाई कार्वाही गर, शान्ति सुरक्षा कायम गर, दोषीलाई छिटो सार्वजनिक गर भन्ने नारा लगाउदै यूवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उक्त विरोध प्रदर्शनमा नेसलन प्याव्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहा, नेकपा एसका उपसचिव ध्रुव यादव, समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेय, कलैया उपमहानगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रन्जित चौरासीया, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारी, कराते संघ बाराका अध्यक्ष सागर पटेल, नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष प्राविण पटेल, वार्ड नम्बर १ का वार्ड सदस्य शशी दास, जेसी पवन कुशवाहा, अर्जुन कलवार लगायतका यूवाहरुको विशेष सहभागिता रहेको थियो।

Leave a review