स्वर्णकार हत्या प्रकरण: बाराका सिडियोले फिर्ता लिए चरित्र सम्बन्धी दिएको अभिव्यक्ति

संदिप प्रसाद यादव
332 पाठक संख्या

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको अभिव्यक्ति फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नागरिक प्रति भएको दुःख लाई दृष्टिगत गर्दै प्रमुख जिल्ला अधिकारीबाट भएको अभिव्यक्ति फिर्ता लिइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सापकोटाले केही दिन अघि कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार हत्या प्रकरणमा पत्रकारहरुसंग बोल्दै प्रहरीको अनुसन्धान नसकिदै बाराबासीलाई आचरण सुधार गर्नुपर्ने भनेका थिए ।

उनले ब्यक्तिगत कारण भएको भन्दै नागरिक माथि आँच आउने प्रकारले अभिव्यक्ति दिएका थिए । प्रमुख जिल्ला अधिकारीको उक्त अभिव्यक्तिको आम नागरिक देखि संचार माध्यममा व्यापक आलोचना भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको विज्ञप्तिमा , “ प्रस्तुत विषयमा कात्र्तिक १३ गते बाल एकता बोर्डिङ्ग स्कूलका प्रिन्सिपल रुपेश कुमार स्वर्णकारको अज्ञात व्यक्तिहरुबाट गोली हानी हत्या भएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले मिडियासंग प्रस्तुत गरेको निज रुपेश कुमार स्वर्णकार र निजि विद्यालय संचालक,बाराबासी जनतामा पर्न गएको दुःखलाई दृष्टिगत गर्दै उक्त विवरण फिर्ता लिँदै कडाइका साथ अनुसन्धान गरी सो घटनाको यथार्थ विवरण यथासक्य चाँडो जानकारी गराइने व्यहोरा जानकारी गराइन्छ ।“ लेखिएको छ

Leave a review

This will close in 0 seconds