नेपालीहरुको दोस्रो ठुलो पर्ब तिहार शुरु भएसँगै बजारमा मानिसहरुको चहल पहल बढेको छ ।
मधेस प्रदेशकै एक मात्र महानगर वीरगञ्जमा पनि मानिसहरुको चहल पहल शुक्बारदेखि बढेको हो ।
बजारहरुमा मानिसहरु तिहारको लागि चाहिने सामाग्रीहरु किन्नको लागि आउने क्रम बढी भएको छ ।
तिहारको बेलामा चाहिने पूजाका सामानहरुदेखि लिएर घरायसी सामान बच्चाहरुदेखि लिएर बुढासम्मकाले प्रयोग गर्ने सामानको बिक्री बढेको छ ।
वीरगञ्जमा माटोको सामानहरुको बिक्री बढन शुरु भएको छ ।वीरगञ्जमा मधेस प्रदेशको पर्सा बारा रौतहटसँगै अन्य जिल्लाबाट पनि मानिसहरु सामान किन्नको लागि आउने गरेका कारणले वीरगञ्जमा विशेष चहल पहल चाडपर्वमा देखिने गरको छ ।
अहिले वीरगञ्जको घण्टाघरमा तिहार र छठ पर्वको लागि चाहिले माटोको सामानहरुको बिक्री बढेको छ । वीरगञ्जमा माटोको समान लिएर बिक्री गर्नको लागि पर्सा बारा सँगै सर्लाही जिल्लाका मानिसहरु पनि आएका छन् ।
पर्साको पकहा मैनपुर गाउँपालिका भागवत पण्डितले हरेक वर्ष जस्तै यस वर्ष पनि गाउँबाट माटोको सामान बेच्न वीरगञ्ज आएको बताए ।
तिहार भन्दा अगाडि नै वीरगञ्जमा माटोको भाँडाको बजार लगाएको तथा छठ पर्वसम्म वीरगञ्जमै बसेर भाँडाको बिक्री गर्ने गरेको उनले बताए ।
यसैगरी सर्लाहीको बलरा नगरपालिका हथिवलबाट बिनोृद साहले घण्टाघर नजिकै माटोको सामानको पसल थापेको बताए ।दुई लाखको माटोको दियो किनेर भारतको गुजरातबाट लिएर आएको उनले बताए ।
नेपालीहरुको दोस्रो ठुलो चाडपर्बको रुपमा रहेको तिहार शुक्रबार देखि शुूरु भएको छ ।शुक्रबार धनतेरस मनाईएको छ।

