बाराको कलैयामा अज्ञात समुहले गोलि चलाएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथी अज्ञात समुहले गोलि प्रहार गरेका हुन ।
सर्राफको उपचार प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । उनको थप उपचारको लागी बिरगंज लगिएको छ । काठमाडौं लग्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ ।
सराफ अन्नपूर्ण स्विटस बाट मिठाई किनेर मोटरसाइकलमा बिधालयमा फर्किरहेका बेला मदर्शा टोलमा मोटरसाइकल मा सवार तीन जना अज्ञात समुहले छाती र टाउकोमा दुई राउन्ड गोलि प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

