जीतेन्द्र प्रसाद चौधरी/
बाराको कोल्हवी नगरपालिका- ७ धोधार्पामा रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौ बार्षिक साधारण सभा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयको प्राङ्गणमा बिहीबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कपिलदेव चौधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका – ७ का वडा अध्यक्ष सलाउदीन अन्सारीले पानसमा मैनबत्ती बाली कार्यक्रमको समुदघाटन गर्नु भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष अंसारीले वडाको तर्फबाट यस सस्थालाई पचास हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै छठी घाट निरको एलानी जग्गा यो सस्थाले माग गरेकोमा सबै राजनीतिक दल,गाउँका बुद्धिजीवी र सम्पूर्ण सरोकारवालाहरुसंग छलफल गरेर निर्णय गर्ने बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नन्दकिशोर साहले आर्थिक बर्ष ७९ /८० मा एक करोड़ तेतीस लाख छिहतर हजार एक सय बारह रुपैयाँको कारोबार गरेको जानकारी गराउनु भएका थिए ।
त्यस्तै संस्थाका अध्यक्ष कपिलदेव चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य जावेद अंसारी,श्री अनूप दीपनी माध्यमिक विधालय कोल्हवीका शिक्षक उमेश चौधरी,हरेकृष्ण चौधरी,चिन्तामणि चौधरी,शिवनारायण चौधरी,पूर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी र लोकनाथ ओली लागातकोले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि वाड नम्बर ७ का पूर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी,कोल्हवी नगरपालिका का सहकारी शाखा प्रमुख लोकनाथ ओली,समाजसेवी शिवनारायण,चिंतामणि चौधरी,जावेद अंसारी,वडा सदस्य धर्मेन्द्र चौधरी,अतिथि उमेश चौधरी,रामपुकार चौधरी र आजाद हुसेन लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य जचु चौधरी र संचालन आत्माराम चौधरीले गर्नु भएको थियो ।


