शिक्षाविद् डा.यादवको निधनप्रति नेपाली काँग्रेस बाराद्धारा दुःख व्यक्त

साझेदारी दैनिक
328 पाठक संख्या

शिक्षा प्रेमी तथा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि डा.लालबाबु प्रसाद यादवको असामाहिक निधन प्रति नेपाली काँग्रेस बाराले दुःख व्यक्त गर्दै शोक बक्तव्य जारी गरेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) उपाध्यक्ष, ठाकुरराम वहुमुखी क्याम्पसका उपप्रध्यापक एवम् बीरगञ्ज स्थित ओम नेशनल एकाडेमीका संचालन समेत रहेका यादव सोमवार सवारी दुर्घटनामा परि घाईते भएका थिए ।

घाईते यादवको काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलवार निधन भएको थियो ।

बारा करैयामाई गाउँपालिका वडा नम्बर ७ निवासी यादवको निधनबाट नेपाली काँग्रेसले शिक्षाविद् एव्म बौद्धिक व्यक्तित्व गुमाएको विज्ञप्तीमा उल्लेख छ ।

डा.यादवको दुखद् निधन प्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले गहिरो दुःख व्यक्त गर्दै उहाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको शोक विज्ञप्तीमा उल्लेख छ ।

Leave a review

This will close in 0 seconds