सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकहरुलाई समावेश गर्न माग

रञ्जन यादव
282 पाठक संख्या

सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकहरुलाई समावेश गर्न माग बारामा गरिएको छ ।

यातायात मजदुर संघले बारा र पर्सा जिल्लाका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र दिदै यस्तो माग गरेका हुन् । प्रहरी प्रशासनको अमर्यादित ब्यवहार रोक्न समेत उनीहरुले यस्तो माग गरेका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघ बाराका अध्यक्ष खड्गराज तमाङ्गको नेतृत्वमा गएको मजदुरहरुको टोलिले जीतपुरसिमरा उपमहानगरपालिकाका उपमहानगरप्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

मजदु टोलीले जिल्ला प्रशासन कार्यालय बारा,जिल्ला प्रशासन कार्यालय पर्सा,ईलाका प्रशासन कार्यालय सिमरा,परवानीपुर गाउँपालिका,उद्योग बाणिज्य संघ बिरगंज र प्रसौनी गाउँपालिकालाई आफनो मागप्रती ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा ई रिक्सा,ई भ्यान,अटो र साना तिन चिक्के सवारी साधनको दर्ता पालिकामा नै गर्ने ब्यवस्था मिलाउँनुपर्ने माग गरिएको छ ।

वीरगंज पथलैया करिडोरमा ट्रक लगायत सवारीसाधनको पार्किङ्गको ब्यवस्था मिलाउँनुपर्ने माग समेत ज्ञापनपत्रमा गरिएको छ । कबाडी करको दर घटाई एउटा साहयक मार्गमा तिरेपछि अर्को मार्गमा तिर्न नपर्ने ब्यवस्था गर्नुपर्ने,भारतीय गाडि क्षमता भन्दा बढी बोक्दा कार्बाही गर्नुपर्ने,तौल काटा सञ्चालन गनुृपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

यस्तै सवारी ज्यान मुद्धामा श्रमिक जेल जानुपर्ने ब्यवस्थाको अनत्य गर्नुपर्ने लगायतका मागहरु रहेका छन् । ज्ञापनपत्र बुझाउँने कार्यक्रममा मजदुर नेता अर्जुन चिमरिया र बेनि तिमल्सिनाको बिशेष उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds