वीरगञ्ज :सवारी ज्यान मुद्दामा फरार रहेका दुई जना प्रतिबादी १६ वर्ष पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ६५ बर्षका छठु साह तेली र वडा नम्बर २५ का चन्दुराउत कुर्मी रहेका छन् ।
पक्राउ परेका तेलीले २०६४ बैशाख १४ गते हाँकी लगेको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिदा राजेन्द्र साह सोनारको मत्यु भएको थियोे ।
यस्तै पक्राउ परेका कुर्मीले २०६४ साल कार्तिक ३ गते चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा होरिल राउत कुर्मीको मृत्यु भएको थियोे।
दुर्घटना पछि फरार रहेका दुबै जनालाई पक्राउ गरी सवारी ज्यान कसूरमा अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

