Sajhedari Daily
Latest News from Nepal

कलैयामा आइसोलेसन बस्नेको बिजोग : बिजुली र पानीको समेत अभाव

सविनाको ‘आइसोलेसन’ कथा : ‘छोरीलाई झन गार्हो’

Top Aside Banner

जीतपुरसिमरा उपमहानगरकी सबिना थापालाई शुरुमा हल्का ज्वरो आयो । भोलीपल्ट उनको बुबाको जन्मदिन पर्यो । घरमै रमाइलो गर्दा के फरक पर्ला भन्ने लागेर घरमा केक काटेरै बुबाको जन्मदिन धुमधामले बनाइयो ।

अघिल्लो दिन हल्का ज्वरो आएको उनलाई भोलीपल्ट ज्वरो त कम भयो तर सास फेर्न समस्या भयो । त्यसपछी उनले सिमरा स्थित स्वास्थ्य चौकीमा आएर डाक्टर भेट्न खोजिन । अस्पताल सुनसान थियो । अस्पतालकै एकजनामा संक्रमण देखिएर अहिले कोही नभएको उनले थाहा पाएपछी उनी वडा कार्यालय पुगिन ।

वडा सचिव भेटिए र पिसिआर परिक्षणका लागी सिफारिस गरिदिए । उनी सिफारिस लिएर सिमरा स्थित कोरोना अस्थाई अस्पताल पुगिन् ।अस्पतालको मुलगेटबाट भित्र छिर्न नपाउंदै उनलाई बाहिर निस्किन अनुरोध गरियो । उनले सिफारिस देखाउँदै भनिन् । मलाई कोरोनाको सिम्टम्सहरु छ, ज्वरो आइराछ, टाउको दुखिराख, सास फेर्न गार्हो भइराछ, उनले भनिन्, मेरो पिसिआर परिक्षण गरिदिनुस् ।

यसबारेमा केही थाहा नभएको भन्दै अस्पतालका डाक्टरहरु लाखापाखा लागे, उनलाई भित्र बोलाईएन । उनी बाहिर निकै बेर अन्योलमा परिन् । केहीबेरमा वडाका सचिव त्याहाँ आइपुगे । उनको स्वाव संकलनका लागी नाम लेखियो । तर उनलाई भनिएको थियो, ‘तपाईको पालो आज नआउन पनि सक्छ, धेरैजनाको नाम छ ।’

उनी घन्टौँ बाहिर बसिन् । अगाढी नाम लेखाएकाहरु र पहिले पालो आउनेहरु आफुले चिनेजानैकै मान्छेहरु भएको उनी सुनाउँछिन् । कुनै लक्षण नभएका र ख्यालख्यालमा नाम लेखाएकाहरु धेरैले आएर स्वाब दिएर गएपछी अन्तिममा उनको पालो आयो ।

स्वाब दिएर घरमा एक्लै बस्न थालेको ३÷४ दिनपछी अस्पतालबाट फोन आयो । अन्ततः उनी संक्रमित देखिइन् र कलैया क्वारेन्टिन लाने तयारी गरियो । घरमै छुट्टै कोठामा बस्ने सविनाको आग्रहलाई गाउँलेहरुले बिरोध गरेर घरमा राख्न दिएनन् । त्यसपछी उनलाई कलैया स्थित शिक्षा समन्वय इकाई ल्याइयो ।

सिमरामा भेन्टिलेटर, अक्सिजन आदी केही नभएकाले कलैया लगिन लागिएको भनिएपनी उनी जहाँ बसेकी छन्, त्यहाँपनी केही नभएको उनको गुनासो छ ।

उनको क्वारेन्टिनको दुख लाग्दो कहाँनी छ । ब्वस्थापन बाहिर भनिएजस्तो छैन । गनेर आएका खाजाका पोकाहरु उनको हातमा पर्न मुस्किल पर्छ । ‘मलाई खाजा पुगेन भनेर गुनासो गर्यो भने कुनै सुनुवाई हुँदैन । क्वारेन्टि बस्ने एउटैले २ देखि ३ पोकोसम्म बोकेपछी भाग पुग्ने कुरै भएन । सिसि क्यामेरा छ तर निगरानी छैन । कसैलाई कसैको मतलव छैन । ’ उनी सुनाउँछिन् ।

अझ महिला हुनुमा झन समस्या पर्ने उनको नमिठो अनुभव छ । दिसापिसाबका लागी टवाइलेट एउटै छ । कतिपय अवस्थामा पुरुषहरु ढोकामा चुक्कुन नलगाई दिसा पिसाव गर्छन् ।आफु टवाईलेट जानुपरे छिर्न नपाउंदै बाहिरबाट ढयाक ढयाक गर्न सुरु गर्छन । यहाँको फोहर बयान गरिनसक्नुको छ । शुरुमा ठिकै थियो । अहिले टवाइलेटको गन्धले कोठामा बसिनक्नु छ । अहिले सबिना संगै अन्य ३ जना महिलाहरु एउटै कोठामा बस्छन् ।

अहिले क्वारेन्टिनमा पानीको समेत समस्या देखिन थालेको उनी बताउँछिन् । ‘दुईदिन देखी बिजुली छैन, पानीको त्यस्तै हाहाकार छ । भोकमा नास्ता समेत हातमा पर्दैन । रेखदेख गर्ने कोही छैन ।’ उनले फेसबुकमा लेखेकी छन् ।
उता सविना क्वारेन्टिन पुगेको ९ दिन पुगिसक्दापनी उनका परिवारको पिसिआर परिक्षण रिपोर्ट अर्झै आइपुगेको छैन । ज्वरो आएकै भोलीपल्ट जन्मदिन मनाएकाको परिवारमा संक्रमण पुष्टी भएको ४ दिनपछीमात्र पिसिआरका लागी स्वाव संकलन गरियो ।

अहिले सविनाको बुबामा कुनै लक्षण नभएपनी आमामा भने कोरोनाकै लक्षणहरु देखिइरहेकोछ । तर पालो सिस्टममा राखिएको उनका परिवारको पिसिआर परिक्षण सिमराका जनप्रतिनिधीको पालोपछी मात्र आयो । जसको परिणाम अहिलेसम्म स्वाबको रिपोर्ट आएको छैन । सविनालाई लागेको छ  उनकी आमाको रिपोर्ट शतप्रतिशत पोजेटीभ निस्कनेछ । ‘सिकिस्तै जस्तो हुनुहुन्थ्यो, अहिले अली ठिक छ ।’ उनले भनिन् , ‘मैले त दुखलाई झेलेँ, तर अब आमाको पीर छ ।’