Sajhedari Daily
Latest News from Nepal

वीरगञ्ज– पथलैया ब्यापारीक मार्ग अन्तरग जीतपुरमा छठपछि काम सुरु हुने

रञ्जन यादब/
वीरगञ्ज– पथलैया ब्यापारीक राजमार्गको जीतपुुरमा ६ लेनको सड्क निर्माण छठपछि सुुरु हुुने भएको छ । वीरगञ्ज–पथलैया ब्यपारीक मार्गका प्रमुुख ईन्जिनीयर मनिष साहले छठपछि द्रुुत गतिमा जतपुुरमा सड्क निर्माण हुुने बताएका छन । जीतपुुरका स्थानीयबासीले सड्क निर्माण गर्न दबाव दिने उदेश्यले बुधवार डाकेको बैठकमा बोल्दै प्रमुुख ईन्जिनीयर साहले छठपछि द्रुुत गतिमा काम हुने प्रतिबद्धता जनाएका छन । उनले चार्ड,पर्वहरु सकिए लगतै ठेकेदार कम्पनीलाई दबाव दिएर वा कारवाही गरेर भएपनि काम अगाडि बढाउने बताएका हुन ।

जीतपुुरमा ६ लेनको सड्क निर्माण गर्न ठेक्कदार कम्पनी शर्मा युुनाईटेड बिल्डर्स दिवा जेभिले ठेक्का सकार गरेको हो । ठेक्कदार कम्पनीको ढिला सुुस्तीले सड्क निर्माणको काम अघि बढ्न सकिरहेको छैन् । जीतपुुरमा गर्नुुपर्ने सड्क निर्माणको करिब ४० प्रतिशत काम मात्र सम्पन्न भएको ब्यपारिक राजमार्गका ईन्जिनीयर बिबेक झाले जानकारी दिएका छन ।

शर्मा युुनाईटेड विल्डर्स दिवा जेभिका ईन्जिनीयर दिपेन बस्नेतले आफुुहरुले अन्तिम चरणमा जीतपुर बजारका सड्क निर्माण गर्ने लक्ष्य राखेकाले कामले गति लिन नसकेको जानकारी दिए । उनले छठपछि सड्क निर्माण गर्न आफुुहरु सक्षम भएको जनाए ।

यता छठपछि पनि ब्यपारिक राजमार्गले जीतपुुरमा काम अगाडि नबढाए कडा आन्दोलन गर्न बाध्य हुने समाजसेवी राजुुराज गिरीले चेतावनी दिएका छन । उनले ब्यापारी तथा ब्यवसायीहरुको साथसाथै स्थानीयहरु पनि सड्क निर्माण नभएर आजित भएको गिरीले बताए ।

कमिशनको खेलमा ब्यपारिक राजमार्ग लागेर जीतपुरमा काम अगाडि बढाउन नसकेको अर्का युवा ब्यवसायी सुनिल गुुप्ताले आरोप लगाएका छन ।