मोटर साइकल दुर्घटनामा एकको मृत्यु,तीन घाईते

साझेदारी दैनिक
364 पाठक संख्या

पर्सामा भारतीय नम्बर प्लेटको मोटरसाईकल दुर्घटना भएको छ ।

सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घटना जीराभवानी गाउँपालिकामा भएको हो ।

पिडारीगुठीबाट सेढवातर्फ आइरहेको बिआर २२ एबी १५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुर्घटनामा परी जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का प्रदीप महतोको मृत्यु भएको छ ।

दुर्घटनामा परी तीन जना घाईते भएका थिए।घाइते भएकाहरुको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

Leave a review

This will close in 0 seconds