सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि सम्बन्धी चार चरणमा कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
949 पाठक संख्या

कलैया : कलैयामा चार चरणमा सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिकाको सभा हलमा डिजिटल संसार अझ सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले सम्पूर्ण कर्मचारीहरुलाई बुधबार एक कार्यक्रम बीच सम्पन्न भएको हो।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ बारा शाखाको आयोजनामा जेठ २० गते मंगलवारदेखि सुरु भएको सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम चार चरणमा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको सहयोगी कलैया उपमहानगरपालिका रहेको थियो ।

सो कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष सुभाष खड्काले डाटा,इन्टरनेट,साइबर अपराध,विधुतीय अपराध,एप्स,नेटवर्क,डिभाइस,जिमेल,फेसबुक,बैंक डाटा,मोबाइल हयाकिंग,ग्लोबल इन्टरनेट,सेकुरिटी एण्ड ट्रष्ट,सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कानुनी पक्षहरू र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिएका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम् नगर प्रमुख विनोदप्रसाद साहले सूचना तथा सञ्चार प्रविधिको प्रयोगले हामीलाई सहज,छरितो र प्रभावकारी सेवा प्रवाहमा मद्दत पु-याएको छ। यस प्रविधिसँगै बढ्दो साइबर अपराध र डाटा सुरक्षा सम्बन्धी चुनौतीहरू गम्भीर चिन्ताको विषय बनेका छन्। साइबर अपराधबाट सचेत रहन उनले सम्पूर्ण कर्मचारीहरुलाई उनले आग्रह गरे ।

सरकारी सेवा प्रवाहमा संलग्न सम्पूर्ण कर्मचारीहरूले डिजिटल सुरक्षा सम्बन्धी आधारभूत ज्ञान राख्नु आजको आवश्यकता हो। जथाभावी पासवर्ड प्रयोग नगर्न उनले आग्रह गरे। शंकास्पद इमेल वा लिंक नखोल्न,डाटाको गोपनीयता कायम राख्न विशेष ध्यान दिन उनले आग्रह गरे ।

सो कार्यक्रम कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई जेठ २० गते,श्री दुर्गा नमुना माध्यमिक विद्यालय स्कुलका विधार्थीहरुलाई २२ गते,श्री ३ चन्द्र माध्यमिक विद्यालयका विधार्थीहरुलाई २४ गते र कलैया उपमहानगरपालिका का कर्मचारीहरुलाई २८ गते बुधबार तालिम दिएर सफलता पुर्वक सम्पन्न भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

क्यान बाराका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नाथु साह,वडा नम्बर ५ का वडा अध्यक्ष किसुन राउत अहिर,शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादव,क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्मा,उपमहानगरपालिका का कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत क्यान बाराका निवर्तमान अध्यक्ष संजय केशरीको थियो। कार्यक्रमको सञ्चालन क्यानका जिल्ला सचिव विनोद साहले गरेका थिए।

Leave a review