गढीमाई साझेदारी बनद्धारा मेलामा रक्तदान

रञ्जन यादव
214 पाठक संख्या

गढीमाई साझेदारी बन उपभोक्ता समिति पथलैयाले सोमवार खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेकोे मेलामा एक जना महिला सहित ३० जनाले रक्तदान गरेका हुन् ।

डिभिजन बन कार्यालय सिमरा,बाराको समन्वय र न्यु होप फाउन्डेशन नेपाल र देवतालको सहकार्यमा भएको कार्यक्रममा प्राबिधिक सहयोग रेड क्रसको प्राबिधिक टोलीले प्रदान गरेको थियो ।

गढीमाई साझेदारी बन समितिका अध्यक्ष रामएकबाल साह तेली ,सब डिभिजन बन कार्यालय पथलैयाको बन अधिकृत ललन राउत र फेटा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष बिगन दास तत्वाले संयुक्त रुपमा रगत सङ्कलन गर्ने पोका प्राबिधिक टोलीलाई हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा गढीमाई साझेदारी बन उपभोक्ता समितिका बरिष्ठ सदस्य अजित राय सिँह,महिला सदस्य तारा देबी राम,गोपाल साह,प्रहरी नायब निरिक्षक राजन थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन न्यु होप फाउन्डेशन नेपालको अध्यक्ष राजेश प्रसाद कुश्वाहाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds