होलीमा नियम विपरित चलाईएको १ सय ९२ सवारी साधन प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
1.3k पाठक संख्या

बारा प्रहरीले होलीमा नियम विपरित चलाईएको १ सय ९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरी जनशक्तिद्वारा शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरिएको थियोे ।

सोही क्रममा जिल्लाका विभिन्न स्थानबाट १ सय ९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका मध्य १ सय ७५ वाट कारवाही गरी करिब एक लाख पैतालिस हजार रूपैया जरिवाना असुलउपर गरी छाडिएको प्रहरीले जनाएको छ ।

यसैगरी होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई १८ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review