जीतपुरसिमराको ग्रामिण भुभागलाई सड्कसँग जोड्ने ५० करोडको कालोपत्रे सड्क आयोजना आउदै

रञ्जन यादव
1.6k पाठक संख्या

नगरवासि तथा कृषकहरुको जिवनस्तर उकासिन किसिमको गौरबको आयोजना जीतपुरसिमरा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको छ ।

रु.५० करोडको लागतमा ग्रामिण भुभागलाई शहरी सड्क मार्गसँग जोड्ने आयोजना कार्यान्वयनमा आएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । यो आयोजना जीतपुरसिमरा उपमहानगरपालिकाको अहिलेसम्मकै सबैभन्दा ठुलो लागतको आयोजना हो ।

यस्तो सराहनीय आयोजनाकोलागि नगर प्रमुख राजन पौडेल नेतृत्वको उपमहानगरको जनप्रतिनिधिहरुलाई समाजिक सञ्जालको माध्यमहरुबाट धन्यबाद दिनेहरुको ओईरो लागेको छ । आयोजनालाई कार्यान्वयनको लागि उपमहानगरपालिकाले यही मंसिर २९ गते ठेक्का आहवान पनि गरिसकेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १५ को हात्तिसार देखि वडा नं.१३ को फत्तेपुर,वडा नं. २० को गुलरीया टोल ,वडा नं.१९ को मटरीया र मथुरापुर जोड्ने ८.५० कि मि कालोपत्रे सडक आयोजना कार्यान्वयनमा आएको छ ।

त्यस्तै उपमहानगरपालिकाको वडा नं ७ जीतपुर देखि वडा नं.५ को बकुलिया ,वडा नं.११ को आमाडार खैरवा,वडा नं.१३ को फत्तेपुर र वडा नं.१८ को बडर्रवा जोड्ने करिव ९ कि मि कालोपत्रे सडक आयोजना कार्यान्वयनका लागी २५ करोडका दरले कुल ५० करोडको ठेक्का आह्वान गरेकोे हो ।

उपमहानगरपालिकाको धेरै ग्रामिण भुभागहरु जोडिने गरी ग्रेवल अवस्थामा रहेको सो सडक योजनाहरु कार्यान्वयन बाट ग्रामिण भेगमा रहेका उपमहानगरवासि तथा कृषकहरुको जिवनस्तर उकासिने अपेक्षा उपमहानगरपालिकाको प्राबिधिक शाखाको रहेको छ ।

जीतपुर बकुलिया बडर्वा सडकको कुल अनुमानित लागत ४२ करोड र हात्तिसार फत्तेपुर मथुरापुर सडकको कुल अनुमानित लागत ३९ करोड रहेको छ ।

राष्ट्रिय योजना आयोगबाट कार्यान्वयनमा आएको उक्त आयोजनाकोलागि २५÷२५ करोड बजेट ३ तिन बर्षमा निर्माणकोलागि स्विकृत भएकाले सोहि बमोजिम ठेक्का आह्ववान गरीएको प्राविधिक शाखाका ईन्जिनीर संजिव रुपाखेतीले जानकारी दिए ।

साँत मिटर चौडाईको बन्ने डबल लेनको कालोपत्रे सड्क मार्ग साईड फुटपाथ र नाला समेत गरी ११ मिटरको हुने ईन्जिनियर रुपाखेतीले बताए । उहाँले बाँकि अधुरो काम समेत बजेट ब्यवस्थापन पछि प्रक्रिया अगाडि बढाईने जानकारी दिए ।

Leave a review