नेपाल सरकार द्वारा प्रतिबन्धित गाँजा खेती बारा प्रहरीले मंगलबार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय निजगढ,बाराबाट खटी गएको प्रहरी टोलीले एक विगाहा गाँजा खेती नष्ट गरेको छ ।
बारा निजगढ नगरपालिका वडा नं.१२ भक्तलाल स्थित ८ कठ्ठा,निजगढ वडा नम्बर १३ डम्मरपुर स्थित १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
अवैध रूपमा लगाएको नौ हजार गाँजाको बोटहरू फडानी तथा नष्ट गरिएको छ ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

