बारा निर्माण व्यवसायी संघको अध्यक्षमा पुन सुरेन्द्र जैसवालकै समितिलाई कायम गर्न निर्देशन दिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभा शुक्रबार मकवानपुरको हेटौंडामा भएको थियोे । सो साधारणसभामा बारा निर्माण व्यवसायी संघ विधान सम्बत नभएकोले पुरानै जैसवालकै समितिलाई कायम गर्न निर्देशन दिएको हो ।
उक्त नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभामा निर्माण व्यवसायी संघ बाराका अध्यक्ष सुरेन्द्र जैसवाल मुख्य प्रतिनिधि रहनु भएका थिए ।
बारा निर्माण व्यवसायी संघका उपाध्यक्ष समीर मन्सुरको अध्यक्षतामा बसेको बैठकले बिहीबार सर्वसहमतबाट नुरुल होदा सहित ७ सदस्यीय समिति चयन गरेको थियोे ।
सो बैठकमा नव गठन समितिले बिहिवारको मिति देखि संघका सम्पुर्ण काम काज गर्ने निर्णय गरेको थियोे । तर केन्द्रीय संघले नयाँ समिति विधान अनुसार नभएको भन्दै पुरानै समितिलाई निरन्तरता दिएको महासंघले जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभामा बाराको नव गठन समिति ५१ प्रतिशत र विधान सम्बत नभएकोले पुरानै समितिलाई कायम गरिएको निर्माण व्यवसायी संघ बाराका सचिव धिरेन्द्र जैसवालले साझेदारी राष्ट्रिय दैनिकलाई बताएका छन् ।

