Sajhedari Daily
Latest News from Nepal

निजगढमा ३१ जनाको स्वाब संकलन

Top Aside Banner

नवराज चौलागाईं ।
गत जेठ १ गते काठमाडौंमा कोरोना भाईरस संक्रमण पुष्टि भएका दोलखा घर भई हाल काठमाण्डौंको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका बालक बसेर गएको निजगढ नगरपालिका वडा नम्बर १२ रामथली स्थीत घरका आफन्तहरुको सोमबार पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणकालागि स्वाब संकलन गरिएको छ ।

सोमबार संक्रमित बालक बसेको घरका र सम्पर्कमा आएका ७ जना सहित ३१ जनाको स्वाब संकलन गरिएको हो ।

निजगढ नगरपालिकाका जनप्रतिनिधि सहित स्वास्थ्यकार्मि,सुरक्षाकर्मी,पत्रकार,रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुको स्वाब संकलन गरिएको हो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहेका उनीहरुको स्वाब संकलन गरि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा पठाईएको छ ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको आग्रहमा नगरका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार,रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुको पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणको लागी स्वाब संकलन गरिएको हो ।

यसअघि संक्रमित बालकलाई लिएर गएको एम्बुलेन्स चालकको पिसिआर रिपोर्ट र बालक बसेर गएको गाउका स्थानियहरुको आरडीटि रिपोर्ट नेगेटिभ आएको थियो ।