राजमार्गमा सड्क दुर्घटना बढेपछि सड्कमा लगाईयो छोई पुजा

साझेदारी दैनिक
368 पाठक संख्या

पछिल्लो समय बारा सहित देशका विभिन्न स्थानहरुमा सवारी दुर्घटनाहरु भईरहेका छन ।

तीब्र गति र ट्राफिक नियमको पालना नहुदा सवारी दुर्घटनाका घटनाहरु बढिरहेका छन । बाराको विभिन्न पालिकाहरुमा रहेका लामो तथा छोटो दुरीमा दैनिक जसो सवारी दुर्घटना भईरहेको छ ।

अझ खासगरी त राजर्मागहरुमा झन बढि सवारी दुर्घटना हुने गरेको छ । पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत पथलैयादेखी चपुरसम्म सवारी सडक दुर्घटना बढ्दो रुपमा भईरहेको छ ।

यसैवीच बाराको निजगढ स्थित पुर्वपश्चिम राजमार्गमा सड्क दुर्घटना बढेपछि छोई पुजा गरिएको छ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका एक युवकको स्मृतिमा उहाँको परिवारका सदस्य लगायत स्थानीयले पुर्वपश्चिम राजमार्ग सड्क खण्डको किनारमा लामा बिधि अनुसार छोई पुजा गरेका हुन् ।

गत मङ्सिर २९ गते दुई मोटरसाइकल आपसमा ठोक्किँदा निजगढ नगरपालिका वडा नम्बर १० लालका २० वर्षीय देछिङ्ग घिसिङको मृत्यु भएको थियो । मृत आत्माको चिर शान्तिको लागि खेम्पो लामासहित ११ जना लामा गुरुहरूलाई सहभागी गराएर अभिभावकहरूले पूजापाठ गरेका हुन ।

लामा गुरुहरूले सडक किनारामा बसेर दुई घण्टासम्म पाठ गरेका थिए । मृत आत्माको चिर शान्ति र सडक क्षेत्रको स्वस्ति शान्तिको कामना गर्दै लामा विधि अनुसार पूजा गराइएको मृतक घिसिङका बुबा नरध्वजले बताउँनुभयो ।

पूजापछि यस क्षेत्रको सडकमा बढेको दुर्घटनामा कमी आउने विश्वास गरिएको छ । निजगढको पुर्वपश्चिम राजमार्गमा प्राय. दैनिकजासो सवारी दुर्घटना हुने गरेको ।

Leave a review

This will close in 0 seconds