जनताको सम्पति सुरक्षा गरिदिनुस् – न्यायाधिश उपाध्याय

साझेदारी दैनिक
साझेदारी दैनिक 71 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

माननीय न्यायाधिश पूर्णेश्वर उपाध्यायले जनताको सम्पति सुरक्षा गरिदिन भनेका छन् ।

उनले बाराको कलैयामा शनिबार नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएरशन समिति कलैयाको नवौं साधारणसभालाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

जनताको सम्पति मालपोत कार्यालय लगायतमा रहेकोमा त्यसलाई सुरक्षा गरिदिन लेखापढी व्यवसायीलाई उनले भनेका हुन् ।उनले लेखापढी व्यवसायीले ईमान्दारिका साथ जनताको सेवा गरिरहेको जनाए ।

उनले लेखापढी व्यवसायीको यकिन तथ्यांक दिइने र सबैलाई परिचयपत्र दिने तयारी गरिएको जनाए । जिल्लामा लेखापढी कानुन व्यवसायीको संख्या बढदै गएकोमा खुशी व्यक्त गरे । जिल्ला मालपोत कार्यालय बाराका प्रमुख राजेश गिरीले कानुनको पालना आवश्यक रहेको जनाए ।

सो कार्यक्रममा माननीय न्यायाधिश उपाध्याय र मालपोत प्रमुख गिरीलाई सम्मान समेत गरिएको थियो । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कलैयामा अध्यक्ष बृजकिशोर प्रसाद यादवको अध्यक्षतामा दिनेश पटेलको सञ्चालनमा एवम् वीरेन्द्र यादवको स्वागतमा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा मधेश प्रदेशका जितेन्द्र पटेल लगायतकाको उपस्थिति रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review