श्री बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबले दुई वटा मन्दिरको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ मा रहेको श्री दुर्गा मन्दिर र वार्ड नम्बर –७ मा रहेको कृष्ण मन्दिरको वरिपरि तथा मन्दिर परिसरको प्राङ्गणमा सोमबार एक कार्यक्रम बिच बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
सेवा नै धर्म हो भन्ने मूल नाराका साथ उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
श्री बरेवा बोयेज स्पोर्टस एण्ड फिटनेश क्लबका अध्यक्ष राजाबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखा का प्रमुख अनिल पाण्डेय रहेका थिए ।
आउने दिनमा पनि थप सामाजिक कार्यहरु गर्ने क्लबका अध्यक्ष गुप्ताले बताएका छन् ।
उक्त सरसफाइ कार्यक्रममा कोषाध्यक्ष दिलिप पटेल,सदस्य रोहित पटेल,दिपेन्द्र साह,सन्तोष साह,सन्नी जयसवाल,रोशन जयसवाल सहित श्री दुर्गा मन्दिर धर्मशाला समितिका अध्यक्ष सुरेश मोदक,युवा,समाजसेवीहरु लगायतको सहभागिता रहेको थियोे ।

