डा.रञ्जित झा र राजेशले ल्याए ‘हाम्रो देश’ नामक देशभक्ति भिडियो

साझेदारी दैनिक
साझेदारी दैनिक 79 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

उनी पेशाले चिकित्सक हुन् । चिकित्सा क्षेत्रमा उनको वेग्लै पहिचान रहेको छ ।

सफल चिकित्सक डा.रञ्जितकुमार झाले ‘हाम्रो देश’ नामक देशभक्ति गीतको भिडियो सार्वजनिक गरेका छन् ।

प्रसिद्ध गायक राजेशपायल राई र डा.झा को स्वर रहेको उक्त भिडीयो गीत नव वर्ष शुभागमनके अवसरमा श्रोता तथा दर्शक बीच ल्याएका हुन् । गीतमा शब्द तथा सङ्गीत डा. झाको रहेको छ ।

गुञ्जन स्टुडियोमे रेकर्ड भएको हो, भिडियो । ‘जाग्यो तराई बोल्यो मधेश आयो हिमाल पहाडको सन्देश, भन्दैछ कसरी हाँस्छ हाम्रो देश…’ बोलको गीत रहेको छ ।

उक्त गीत देशप्रतिके सम्मान,राष्ट्रिय एकता,समृद्धि,शान्ति,सद्भाव सहितके सन्देश दिइएको छ । भिडियोमा डा. झा र राजेशको अभिनय रहेको छ ।

एकतावद्ध भएर वकास र समृद्धिको बाटोमा उच्च मनोबलका साथ जुट्न उर्जा प्रवाहित ‘हाम्रो देश’ राष्ट्रभक्तहरुलाई थप प्रोत्साहित गर्ने डा. झाको विश्वास रहेको छ ।

संसारकै सुन्दर तथा कहिल्यै कसैको परतन्त्र नरहेको हाम्रो देश नेपाल बनाउने अभियानमा आआफ्नो स्थानबाट जुट्न आह्वान गर्दै डा. झाले ‘जन्म दिने आमा र जन्मभूमि प्राण भन्दा प्यारो हुन्छ, भने ।

मधेशको छोरो राजविराजमै सेवारत रहँदा गीतको शब्द फुर्यो, लिपिवद्ध गरेको उक्त रचना साथी राजेशजीलाई सुनाएँ, सँगै गीत रेकर्ड गर्न हाम्रो सल्लाह भयो र देशवासी माझ पस्किदियौं ।’डा. झाले भने ।

सप्तरीको राजविराज निवासी डा. झाले उक्त गीतको भिडियोमा पेशाले चिकित्सक हुन् । सरकारी सेवामा कार्यरत उनी अहिले दोलखाको जिरी अस्पतालमा कार्यरत छन् ।

डा. झाले नेपाली तथा मैथिली भाषामा करिब तीन दर्जन भन्दा बढी गीतहरुमा स्वर भरिसकेका छन् । डा. झा काठमाण्डौ स्थित वीर अस्पताल,राजविराजको गजेन्द्रनारायण सिंह लगायतका अस्पतालहरुका साथै रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक समेत रहिसकेका छन् ।

उनी हाल दोलखाको जिरी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा रही सेवारत छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review