सालको काठ सहित मोटरसाईल बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 382 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
सालको काठसहित मोटरसाईकल जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको गस्ती टोलीले कलैया उपमहानगरपालिका वडा नं.५ बाट काठ लोड गरिएको मोटरसाईकल बरामद गरिएको हो ।

चिरान गरिएको ४ क्यूफिट सालको काठ दुई थान लोड गरिएको बा ३७ प २४८८ नम्बरको मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरी टोलीलाई देखेर काठ र मोटरसाईल छाडि तस्कर फरार भएका छन् । बरामद चिरान काठ र मोटरसाईकल .आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सिमरामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review