महाशिवरात्रीको अवसरमा बाराको शिवालयमा दर्शनार्थीको घुइँचो

संदिप प्रसाद यादव
451 पाठक संख्या

कलैया । महाशिवरात्रीको अवसरमा बाराको शिवालयहरुमा दर्शनार्थिहरुको घुइँचो लागेको छ।

जिल्लाको अधिकांश शिवालयहरुमा अन्य दिनको तुलनामा अत्याधिक संख्यामा भक्तजनहरु पुगेका छन्। शिवालयहरुमा दर्शनार्थिहरु भरिएका हुन्।

बाराको कलैया उपमहानगरपालिका ३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा विहानै देखि दर्शन गर्न भिड लागेको छ। यहाँ मेला लागेको छ। मन्दिर परिसरमा रहेको शिव मन्दिर देखि पार्वती मन्दिरसम्म पगडी बाँधिएको छ।

अखण्ड रुद्री पाठ भइरहेको छ। विशेष पूजा अर्चना भइरहको सिद्धेश्वर संस्कृत विद्यालयका प्रधानाध्यापक ज्योतिष पण्डित छविरमण सुवेदीले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

यस्तै बाराको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा दर्शनार्थिहरुको घुइचो लागेको छ। यहाँ मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरु आएका हुन्।

सहजनाथ महादेव मन्दिरमा जल चढाउने दर्शनाथीहरुको भिड लागेको हो। महिला तथा पुरुष लगायत हजारौं भक्तजनहरु बिहानै देखी जलार्पण गर्न लामबद्ध भएका छन् ।

श्रीमानको लामो आयु र आत्मसन्तुष्टिका लागि पूजा आराधना गर्न आएको शान्ति मण्डलले जनाएकी छन्।

जिल्लाको सिम्रौनगढस्थित महादेव मन्दिर,सिमरामा रहेको शिव मन्दिर, ईनर्वा सिरामा रहेको शिव मन्दिर,ब्रहमपुरीमा रहेको शिव मन्दिर, लंगडा मठस्थित शिव मन्दिर लगायत जिल्लाभरीको सयौ शिवालयमा भक्तजनहरु भरिएका हुन्। हिन्दूहरुको चार महारात्री मध्ये महाशिवरात्री पनि एक हो।

Leave a review