वीरगञ्ज : पर्सा प्रहरीले बुधबार एक कार्यक्रम गरी ६९ औ प्रहरी दिवस मनाएको छ।
साईबर सुरक्षा आजको आवश्यकता भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङणमा सो दिवस मनाइएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा,नेशनल मेडिकल कलेज,सूर्य अस्पताल लगायत विभिन्न संघ सँस्था तथा ब्यक्तिहरुलाई कदरपत्र दिएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले दवावमा नपरी काम गर्न प्रहरीले आग्रह गरेका थिए। सरकारको तीनै तह स्थानीय,प्रदेश र संघ विभिन्न सँस्थाहरुसित न्याय,शान्ति र सुशासन प्रबाहको भूमिका खेल्न उनले अनुरोध गरे।
पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले नेपाल भरि शान्ति सुब्यवस्था कायम गर्न,अपराध रोकथाम,नियन्त्रण गर्न प्रहरी स्थापना भएको उनले जनाए।
नेपाल प्रहरीका अग्रज,पूर्व प्रहरी कर्मचारी,प्रहरी परिवारजनलाई दिवसको अवसरमा शुभकामना दिएका हुन्।
सीमित स्रोत साधनको बाबजुद पनि समाजमा भएका अपराध रोकथाम र अनुसन्धानको कार्य सफलता पूर्वक प्रहरीले काम गरिरहेको उनले बताए। कार्यक्रममा प्रहरी,पूर्व प्रहरी,कर्मचारी,जनप्रतिनिधि,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

