जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको १५ औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ रामबनमा सम्पन्न साधारण सभाको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका थिए । साधारण सभामा बार्षिक प्रगती बिवरण प्रस्तुत गरिएको थियो ।
सामुदायिक बनका अध्यक्ष ईश्वरी प्रताप लामाले प्रस्तुत गर्नुभएको प्रगती बिवरणमा जनहित उपभोक्ता समितीसँगको सम्बन्ध सुधार,प्रत्येक दुई महिनाको बिचमा बचत टोल समुहसँग बैठक,पञ्चेबर्ष कार्य योजना निर्माण,दाउरा बितरण,आँखा शिबिर,पिक्निीक पार्क निर्माणको सुरुवात र पोखरीको जमिन बनको अधिकार क्षेत्रभित्र ल्याईएको रहेका छन् ।
कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष कमसल होदा अंसारीले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिबेदनमा ६८ हजार ९ सय ५० रुपैया आम्दानी र ६७ हजार ९ सय रुपैया खर्च देखाईएको छ ।
संस्थाका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, मुसहर्नीमाई मध्यवर्ति सामुदायिक बनका अध्यक्ष कुबेर न्यौपाने,राधाकृष्ण मध्यवर्ति सामुदायिक बनका अध्यक्ष सत्य श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन लोक बहादुर लामाले गरेका थिए ।

