कलैयामा संचालनमा आयो योगशिला हस्पिटल

संदिप प्रसाद यादव
1.4k पाठक संख्या

कलैया अस्पताल रोडमा थप एक सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ अस्पताल रोडमा योगशीला हस्पिटल प्रा.लि को उद्घाटन भएको छ । औपचारिक रुपमा यो सञ्चालनमा आएको हो ।

हस्पिटल पहिला कलैया उपमहानगर –४ मा रहेको शन्नी एकेडेमीको पछाडी सञ्चालन हुँदै आएको थियो । थोरै समयमा अप्रेशनका लागि ख्याति कमाएको हस्पिटल अब जिल्लाको मुख्य भरत चौकमा सञ्चालनमा आएको छ ।

योगशीला हस्पिटल प्रा.लि का प्रबन्धक पवन गुप्ताको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र -३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साहले एक कार्यक्रमको बिच रिबन काटी हस्पिटलको उदघाटन गरेका हुन ।

उद्घाटन गर्दै प्रमुख अतिथि साहले हस्पिटलले यस भेगका जनताको लागि महत्वपूर्ण सहयोग पुग्ने बताउदै हस्पिटलका प्रबन्धक गुप्ताले बिगतमा पनि सहयोग गरेको उदाहरण भएकाले छिटै सबैको पहिलो रोजाई बन्नेमा आफू आशाबादी रहेको बताएका छन् ।

२४ सै घण्टा ईमर्जेन्सी सेवा,कम्प्युटराइज ल्याब,डिजिटल एक्सरे,आईसियु,एन आईसियु,अपरेसन सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,जेनेरल सर्जरी एवम् आधुनिक मेसिन र फार्मेसी सहितको सेवा उपलब्ध गराईने हस्पिटलका प्रबन्धक पवन गुप्ताले बताए ।

प्रबन्धक गुप्ताका अनुसार उक्त हस्पिटल १५ बेडको रहेको छ । गुप्ताले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बताए ।

सो हस्पिटलमा कन्सुलटेन्ट डाक्टरद्रारा २४ घण्टा सेवा प्रदान गरिने प्रबन्धक गुप्ताले बताए ।

पाठेघरको शल्यक्रिया,अपेन्डिकस,हाईड्रोसिल,हर्निया र फिस्टुला आदिको आधुनिक मेसिनद्रारा शल्यक्रिया गरिने डाक्टर सुमन प्रसाद साहले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा हस्पिटलका मुख्य डा.सुमन प्रसाद साह,डा. विकेश पाण्डे,समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे,नेकपा एमाले पार्टी बाराका जिल्ला सचिवालय सदस्य समेत रहनु भएका युवा फाट एवम् प्रचार तथा प्रकाशन विभागका सचिव पुरुषोत्तम साह,कलैया उपमहानगरपालिका वार्ड नम्बर १ का वार्ड सदस्य शशी दास,प्रादेशिक अस्पताल कलैया ईमर्जेन्सी वार्डका प्रमुख प्रदिप यादव,रोशन पटेल,प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ता,अनिल कुशवाहा,कानु समाज बाराका अध्यक्ष नागेन्द्र प्रसाद साह,स्वास्थ्यकर्मी,स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review