कलैया : आईतबार राति परेको पानीले बारामा अन्नबालीलाई फाईदा पु¥याएको छ ।
पानीले चैते धान,मकैबाली तथा उखुबालीलाई फाईदा पुरयाएको हो । पानी परेपछि बाराका बिसानहरु हर्षित भएका छन।
पानी परेपछि कलैया,भवानीपुर,गंगापुर,भतौडा,कोईरियाटोल,बैराठपुर,बेलहिया,प्रस्टोका,हरपुर,बलुवा,बुनियाद,रहरिया डिह,प्रसौनी,त्रिवेणी,भलुही भरवलिया,बिनवलिया,त्रिवेणी,फेटा लगायतका स्थानका किसानहरु खुशी भएका हुन्।
पानी परेपछि औधापुर,उतरझिटकैया,श्रीपुर,दोहरी,मझौलिया,बकुलहर,कवलपुर,भोडहा,मदिलवा,जैतापुर,लगायतका १६ वटै स्थानीय तहहका स्थानका किसानहरु खुशी भएका छन्।
पानीले माटो मलिलो भई किसानहरुलाई खेत गोडमेल गर्न सहज भएको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का किसान पिरमहम्मद हवारीले जनाएका छन्।


