वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैया वीरगञ्जमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता वीरगंजकी क्षेत्रीय सञ्चालिका रबिना दिदीको थियो। कार्यक्रमको प्रमुख अतिथि पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक रहेका थिए।
उक्त अवसरमा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,रुङ्टा वेलफेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रुङ्टा,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाकी उपाध्यक्ष श्रीमती मधु राणा,माउन्ट आबुबाट आएका अशोक भाईजीको विशेष उपस्थिति रहेको हो ।
उक्त कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी,सञ्चारकर्मी अजित भुजेल, अभिलाष गुप्ता, प्रह्लाद चौरसिया, जाकिर हुसैन लगायतको उपस्थिति रहेको थियो।
बालबालिकाले कृष्ण र राधा बनेर आकर्षक झाँकी प्रस्तुत गरेका थिए। उक्त अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका बेलि दिदी, गोबर्धन भाईजी र गोकुल भाईजीको विशेष सहयोग रहेको हो। गोकुल भाईजीले आफ्नो प्रवचनमा कृष्ण भगवानका आदर्श जीवनचर्या र उपदेशहरूबारे विस्तृत रूपमा प्रकाश पारेका थिए।


