ट्राफिक प्रहरीद्वारा सडकमै उखु लोड रहेका ट्रयाक्टरमा सावधानीको ब्यानर लगाइदै

संदिप प्रसाद यादव
1k पाठक संख्या

ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकमै उखु लोड रहेका ट्रयाक्टरमा सावधानी लेखिएको ब्यानर लगाउदै छन् ।

बारामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र मातहतको युनिटले सडकमै प्रशिक्षण दिने अभियानका साथै उखु लोड रहेका ट्रयाक्टरमा सावधानी लेखिएको ब्यानर लगाउन सुरु गरेको छ ।

सवारी चालक,सवारी धनी र आम सर्वसाधरणलाई सचेतना अभियान सुरु गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख रामकुमार महतोका अनुसार सदरमुकाम कलैया भरत चौकमा उखु लोड रहेका ट्रयाक्टरमा “सावधान अगाडी उखु लोड सवारी छ“ लेखिएको ब्यानर रातको समयमा टल्कने रिफ्लेटिप ब्यानर लगाइएको छ ।

उनले टल्किने ब्यानर रिफ्लेक्टरले हुस्सु लागेका बेला र रातको समयमा प्रभावकारी काम गर्ने तथा दुर्घटना न्यूनीकरणका मद्दत पुग्ने बताएका छन् ।

Leave a review

This will close in 0 seconds