सशस्त्र प्रहरीले सिम्रौनगढ नाकाबाट १५ हजार किलो केराउ सहित ट्रक बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 444 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सशस्त्र प्रहरीले बारामा शुक्रवार १५ हजार किलो केराउ बरामद गरेको छ।बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरीले बीरगन्जबाट ना ४ ख ७८८२ नम्बरको ट्रकमा केराउ लोड गरी बाराको सिम्रौनगढतर्फ गईरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

सशस्त्र सुरक्षा बेस क्याम्प बरियारपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको नेतृत्वमा गएको प्रहरी टोलीले ५० किलोको ३ सय बोरा केराउ नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा सशस्त्र प्रहरीको टोलीले शिवशक्ति ट्रेडर्स बिरगंजबाट श्री रमाना कामनामाई गला भण्डार बरियारपुरको नाममा बिल भर्पाई भएको केराउ सहितको ट्रक भारततर्फ लैजादै अवस्थामा पक्राउँ गरेको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रहरी नायब उपरीक्षक निरञ्जन भण्डारीले जानकारी दिएका छन ।

सशस्त्र प्रहरीले ट्रकका चालक कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३५ का मदन सिँहलाई नियन्त्रणमा लिएको छ । बरामद केराउको बजार मुल्य करिब ७ लाख ५० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको केराउ, ट्रक र चालक सहित अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथैलयामा पठाइएको १२ नम्बरको गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताएका छन ।

 

समाचार शेयर गर्नुहोस
Leave a review