बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णयसमेत गरिएको जानकारी दिेएका छन् ।

