जाडो बढेपछि थपियो पर्साका विद्यालयमा बिदा

राम मण्डल
575 पाठक संख्या

पछिल्लो समयमा चिसो झन बढदै गएको छ । चिसो बढदै गएपछि पर्साका विद्यालयहरुमा विदा थप भएको छ ।

जिल्लाका बिभिन्न स्थानीय तहहरुले पालिका मातहतका बिधालयहरुमा बिदा दिएका हुन् । कालिकामाई गाउँपालिकाले सूचना जारी गरी आईतबार ७ गतेदेखि  १० गते गते सम्म सम्पूर्ण विद्यालयमा जाडो विदा थप गरको जनाएको छ ।

यसैगरी जगनाथपुर गाउँपालिकामा १२ गतेसम्म बिदा दिइएको छ । उसले आप्mना पालिका मातहतका विद्यालयहरुमा विदा थपेको शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले जानकारी दिए । पोखरिया नगरपालिकाले अगामी ९ गतेसम्म नगरपालिकाका सम्पूर्ण शैक्षिक सँस्थाहरु बन्द रहने जनाएको छ ।

पर्सागढी नगरपालिकाले जाडोको मोसमलाई दृष्टिगत गर्दै आफना पालिका मातहतका बिधालयहरुमा जाडो बिदालाई लम्बाएको छ ।उसले माघ १२ गतेसम्म विद्यालयहरुमा विदा थपेको हो ।

पछिल्लो एक हप्ताको अवधिमा पर्सामा जाडो घटनुको साटो झनै बढेको छ ।यहाँका स्थानीय तहहरुले यस अघि पनि विद्यालयहरुमा जाडो बिदा दिएको थियो ।

Leave a review

This will close in 0 seconds