अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा,बारामा दीप प्रज्वलन तथा उत्सव

संदिप प्रसाद यादव
876 पाठक संख्या

भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा भगवान् रामको मूर्तिको सोमबार प्राण प्रतिष्ठा भएको छ ।

यस अवसरमा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका मन्दिर सजाइएको छ । बाराको कलैयामा भव्य बिशाल रथ यात्रा निकाली तथा हनुमान मन्दिरको प्राङ्गणमा विभिन्न कार्यक्रम आयोजना गरी प्राण प्रतिष्ठाको पर्व भब्यताका साथ मनाइएको छ ।

बारामा विभिन्न कार्यक्रम तथा दीप प्रज्वलन गरि उत्सव मनाइएको हो । राम मन्दिरको उद्घाटन भइरहँदा उल्लास नेपालभरि नै छाएको थियो । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।

मधेस प्रदेशका अधिकांश स्थानीय तहहरूमा राम मन्दिरमा प्राण–प्रतिष्ठाको दिनका अवसरमा उत्सव तथा घर घरमा दीपावली मनाएका छन् ।

कलैया उपमहानगरमा रहेका हरेक मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको छ ।

कलैया उपमहानगरका घरघरमा दियो बालेर दीपावली गरिएको छ । बाराको १६ वटै स्थानीय तहमा दीपावली गरिएको हो ।

टोल टोलमा कार्यक्रमहरु गरिएको छ । कलैैयाको मुख्य बजारमा रहेको हनुमान मन्दिरको प्राङ्गणमा दियो बालेर भव्य दीप प्रज्वलन गरिएको छ ।

कलैयास्थित रामजानकी मन्दीरमा पनि हजारौं दीप प्रज्वलन गरिएको छ ।

त्यस्तै महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दीप प्रज्वलन गरिएको छ ।

कलैया सिटी जेसिजले पनि कलैयाको मुख्य भरत चौकमा दिप प्रज्वलन गरेका थिए ।

Leave a review

This will close in 0 seconds