गाँजा खेती फडानी तथा नष्ट

संदिप प्रसाद यादव
583 पाठक संख्या

बारा प्रहरीले दुई कट्ठा खेतमा लगाएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

प्रहरीले गाँजाको अन्दाजी सात सय बोटहरू फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत र ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएकोे प्रहरी टोलीले बिहीबार सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र २ खजानीस्थित ६ स्थान गरी २ कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्‍ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले यसबारे साझेदारी दैनिकलाई जानकारी दिएका छन् ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रवक्ता न्यौपानेले जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds