कलैयामा एसईई फेयर भर्सेज सब्जेक्ट एक्सपर्ट लर्निङ सेमिनार सम्पन्न भएको छ । एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीहरुलाई शनिवार नि.शुल्क सेमिनार दिइएको छ ।
बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको प्राङ्गणमा हेल्पिङ हैण्ड युथ सोसाइटीद्रारा आयोजित एसईई फेयर भर्सेज सब्जेक्ट एक्सपर्ट लर्निङ सेमिनार शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो।

हेल्पिङ हैण्ड युथ सोसाइटीका अध्यक्ष राज कुमार गप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर-३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएका थिए ।
कार्यक्रमका मुख्य सहयोगी कलैया उपमहानगरपालिका,कलैया उपमहानगर-६ र प्रसौनी गाउपालिका रहेका थिए । हेल्पिङ हैण्ड युथ सोसाइटीको आयोजनामा कार्यक्रम गरिएको थियो ।
एसईई फेयर भर्सेज सब्जेक्ट एक्सपर्ट लर्निङ सेमिनारका मुख्य वक्ता नेशनल मोटिभेसलन स्पिकर प्रदिप कुमार साह,बासु लाल कर्ण,देव जैसवाल,श्याम बिकेश महतो,उषा किरण चौधरी र उमेश गुप्ता रहनु भएका थिए ।
कार्यक्रमका वक्ताहरुले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए ।
एसईई परिक्षामा कसरी कम समयमा लेख्ने,राम्रो मार्क्स ल्याउने तथा ईफेकटिभ लर्निङ कसरी बढाउने र विभिन्न डेमो तथा प्रेटिकल अवेमा मुख्य वक्ता नेशनल मोटिभेसलन स्पिकर प्रदिप कुमार साहले बताएका थिए ।
सो सेमिनारमा कलैया,भवानीपुर,शिस्वामहेशपुर र प्रसौनी लगायत अन्य बिधालयलका ७ सय ८८ जना बिद्यार्थीहरु सहभागी भएका थिए ।
उक्त सेमिनारमा विशिष्ट अतिथि कलैया उपमहानगरपालिका वार्ड नम्बर-६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर तथा अतिथि ब्राइट लायणड बोर्डिङ स्कुलका प्रिन्सिपल मनोज यादव,पुनम यादव,बि.पि.एस कलेज,बिपिसी कलेजका प्रतिनिधि,दुर्गा नमुना स्कुलका प्रतिनिधि,ओम नेशनल एकेडेमीका प्रतिनिधि लगायत अन्य स्कुलका प्रधानाध्यापक,बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको संचालन उमेश गुप्ताले गरेका थिए ।

