कलैया । बाराको जीतपुरसिमरा – १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा आशीर्वाद हस्पिटल कलैयाले नि.शुल्क प्राथमिक उपचार गर्दै छ ।
जिल्लाको सदरमुकाम कलैयामा रहेको आशीर्वाद हस्पिटलले रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा नि.शुल्क प्राथमिक उपचार गरिरहेको आयोजकले जनाएको छ ।
महोत्सवमा आउने नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आकस्मिक बिरामी हुने,घाउ,चोटपटक लागेमा नि.शुल्क प्राथमिक सेवा माघ २० गतेसम्म दिने हस्पिटलका संचालक डाक्टर राजेश कुमार साहले जानकारी दिएका छन् ।


