बबिता चौधरी/
नेरा आधारभुत बिधालय कोल्हबी ११ रमपुर्वाका एक शिक्षकको बिदाई गरिएको छ ।
सोमबार बिधालय व्यवस्थापन समितिको आयोजनका रघुबंश प्रसाद चौधरीलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दु प्रसाद चौधरीको अध्यक्षतामा उक्त बिदाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोल्हबी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरीले शिक्षक चौधरीलाई विदाई गराएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख चौधरीले दोसल्ला र माला लगाएर शिक्षक चौधरीको विदाई गरेका थिए ।
सो अवसरमा कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर चौधरी,वडा सदस्य जगरनाथ चौधरी महिला सदस्य र कार्यपालिका सदस्य रनियादेवी थरुनी,नेरा आ बि रमपुर्वाका प्रअ गंगाराम चौधरी,श्री नेरामाबि सपहिका प्रअ भुनेश्वर चौधरी,श्री ने रा मा बि बेल्वा धोधर्पाका प्रतिनिधि पुरुषोत्तम चौधरी,श्री ने रा मा बि जुअवाका प्रअ नरेन्द्र कुमार चौधरी,यस बिधालयका पुर्व अध्यक्षहरु भरतराज चौधरी लगायतको उपस्थिति रहेको थियो ।
बिदाई कार्यक्रममा स्वागत मन्तव्य सबिता चौधरीले गर्नुभएको थियो भने संचालन दिनेश साहको रहेको थियोे ।

