दुई सय एक किलो लागूऔषध गाँजासहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शुक्रबार राती ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई सय एक किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाइ छिपाइ राखेको उक्त लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा चालक धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी २२ वर्षीय सुजन अधिकारी र सह–चालक सोही जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी २३ वर्षीय रमेश नेपाली रहेको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा २ सय १ किलो १६ पोका र बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको योद्धा पिकअप गाडी प्रहरीले बरामद गरेको छ ।
लागूऔषध ओसारपसारमा प्रयोग भएको गाडी सहित उक्त दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


