प्रभु साह नेतृत्वको आम जनता पार्टीले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशको विरगन्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जनयुद्ध दिवसको अवसर पारेर आम जनता पार्टीले विरगन्जमा दलतन्त्रको उपहार नेपलाीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने विषयक अन्तिक्रिया कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा सम्बोधन गर्दै आम जनता पार्टीको अध्यक्ष प्रभु साहले देशमा रोजगारी नपाएर नेपाली युवाहरु विदेशमा मरिरहेको अवस्था रहेको बताएका छन । उनले नेपालका अधिकांश उद्योगहरुमा विदेशी कामदारले भरिएको बर्तमान अवस्था रहेको जनाए । किसान मजदुरको रगत पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारबाट कुनै पहल नहुनु दुर्भाग्यको कुरा रहेको अध्यक्ष साहले बताए ।
यी र यस्ता समस्याको समाधानको लागि अब माओवादी पथभ्रष्ट भएकोले दलतन्त्रको विकल्प खोज्ने समय आएको अध्यक्ष साहले बताए ।
अन्तरक्रिया कार्यक्रममा आजपाका अध्यक्ष प्रभु साह,उपाध्यक्षहरु उपमहासचिव,सचिव,मधेश प्रदेश अध्यक्ष,मधेश प्रदेश ईन्चार्ज लगायतका आजपाका नेताले सम्बोधन गरेका थिए ।
आजपाका अध्यक्ष साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जसपा परित्याग गरी बारा जिल्लाको बारागढीको नेता सुरेश प्रसाद साह,लक्ष्मी साह,दुलार पासवान,रामदेव मुखिया,इसा महमद मिया, महिन्द्र मुखिया,राजिन्द्र साह,विरेन्द्र मुखिया सहितका सयौं नेता तथा कार्यकर्ताहरु आजपामा प्रवेश गरेको उपाध्यक्ष आकोश लामाले जानकारी दिएका छन ।


