Sajhedari Daily
Latest News from Nepal

बारामा हावाहुरीले घर र बिजुलीको पोलमा क्षती

Top Aside Banner

रञ्जन यादब /
बारा जिल्लाको कोल्हबी नगरपालिकाको रामपुर्वामा हिजो आएको हावाहुरीले घरमा क्षती पुरयाउँनुको साथै बिजुलीको पोल ढालेको छ ।

नगरपालिकाको वडा नं. ११ मा राती ७ बजे आएको हावाहुरीका कारण ३४ घरमा क्षती भए संगै ५ वटा बिजुलीको पोल समेत ढलेको हो ।

बर्षासँगै आएको हावाँहुरीले रामपुर्वा टोलको दलित, गरिब र मजदुर लगायतका घरहरुमा क्षती पुगेको स्थानीय नबिन चौधरी बताएका छन् । हावाहुरीले छाना उडाएर लग्नुको साथै घर समेत ढालेको छ ।

क्षती हुने घरहरु अधिकाँस माझी,पास्वान र थारु जातीका मानिसका रहेका छन । बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाइन समेत काटिएको छ ।

बिद्युत नहुँदा बिभिन्न संघ संस्थाहरु, बित्तिय कारोबार गर्न कठिनाई भइरहेको गुनासो गरेका छन् । त्यस्तै बाराका मनहर्वा,सखुई,रामनगर,उत्तरझिट्कैया,भोडाहा लगायत दर्जनौँ गाउँमा हावाहुरीले घर र पोलमा क्षती भई प्रभाबित भएको छ।
यस्तै राष्ट्रिय बन क्षेत्रमा ठुलो परिमाणमा रुख लडेको छ । बगैँचामा पाक्न लागेको आँप झरेर क्षती पुगेको छ । झरेको आँप टिप्न हिजो राती देखि नै बगैँचामा मानिसहरुको भिड लागेको थियो ।